जनमत पार्टीको आज महार्याली रामलिला मैदानमा
जनमत पार्टीको केन्द्रिय निणर्य अनुसार देश व्यापी रुपमा शुक्रबार हुन लागेको महार्याली नेपालगञ्जमा पनि भब्य रुपमा सम्पन्न हुने भएको केन्द्रिय सदस्य इरफान शेषले बताए ।
देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा शुक्रबार आयोजना बिषयमा जनमत पार्टीले यस अघि नै अह्वान गरिसकेको सदस्य शेषले बताए ।
उनले भने, ‘तराईको प्रत्येक जिल्लामा पुस ३० गते मधेसका सबै जिल्लाको सदरमुकाममा किसान महारैलीको घोषणा गरेको हो ।’
किसानको विभिन्न मुद्दा बोकेर राजमार्ग केन्द्रीत आन्दोलन गरिरहेको दावी गर्दै आएको जनमत पार्टीले अब भने आफ्नो शक्ति प्रदर्शन गर्न किसान महार्याली गर्न लागेको बुझिएको छ ।
जनमतले किसानहरुका लागि मल सहज उपलब्ध गराउन, बाढी प्रभावित किसानलाई उचित मुअवाज दिनुपर्ने लगाायतका माग गर्दै आएको छ ।
यता पशुपन्छी तथा कृषि मन्त्री महेन्द्र राय यादवले जनतालाई मल उपलब्ध गराउन नसक्ने बताए पछि जनमत पार्टीले कृषि मन्त्री यादवले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग समेत गर्दै आएको छ ।
किसानलाई मलखाद समयमा सहज रुपले दिनुपर्ने, सिँचाई वा विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, उखु किसानको बक्यौता रकम तत्कालै उपलब्ध गराउनुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी आन्दोलनरत रहेको छ ।
शेषले नील खबर मार्फत भने, ‘नेपालगञ्ज उपमहानगरपालिका १० स्थित रामलिाला मैदानमा भोलि बिहान ११ बजे महार्यालीका लागि भेला हुने कार्यक्रम तय गरिएकोले सम्पुणर् किसान र कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध छ ।’
सरकारले किसानको मुद्दा सम्बोधन नगरेसम्म संघर्ष जारी राख्ने केन्द्रिय सदस्य शेषले बताए ।


