१३ मंसिर २०८३, शनिबार

राष्ट्रिय सभाका सचेतक भट्टराईले लुम्बिनी मा मदरसा बनाउने दिए विवादास्पद अभिव्यक्ती

एसीपी संवाददाता

३० पुष २०७८, शुक्रबार ०८:२३ मा प्रकाशित

राष्ट्रिय सभाका सचेतक एवम नेकपा एमालेका केन्द्रीय सदस्य खिम लाल भट्टराई ले एक कार्यक्रम मा विवादास्पद अभिव्यक्ती दिएका छन ।
भगवान गौतम बुद्ध को जन्मस्थल लुम्बिनी मा राम जानकी हनुमान मन्दीर को शिलन्यास कार्यक्रम मा एमाले का केन्द्रीय सदस्य भट्टराई ले लुम्बिनी मा बुद्ध र राम जानकी हनुमान मन्दीर सगै मुस्लिम समुदाय को लागी अत्याधुनिक मस्जिद पनि निर्माण गर्नु पर्ने विवादास्पद अभिव्यक्ती दिएका छन ।
हिन्दु धर्मावलम्बी को कार्यक्रम मा मुस्लिम समुदाय को मदरसा निर्माण हुनु पर्ने धारण राखे पछी सदस्य भट्टराई को चर्को आलोचना भएको छ ।
राष्ट्रिय सभा का अध्यक्ष गणेश प्रसाद तिमिल्सिना ले मन्दीरको शिलन्यास गरे पनि उन ले कुनै विवादास्पद अभिव्यक्ती नदिए पनि सदस्य भट्टराई ले लुम्बिनी मा मदरसा निर्माण हुनु पर्ने बताएका थिए । भट्टराई को उक्त अभिव्यक्ती पछी हिन्दु परिषद नेपाल का अध्यक्ष सन्तोष पटेल ले चर्को बिरोध गर्दे भगवान गौतम बुद्ध को जन्म स्थल लुम्बिनी मा मदरसा बनाउने अभिव्यक्ती दिनु आपतीजनक भएको बताउदै नेपाल हिन्दु राष्ट्र घोषणा नभए भारत जस्तै बटवारा हुने बताएका छन ।
पटेल ले आफु मुस्लिम धर्म को बिरोधी नभएको बताउदै सो कुरा को लागी उक्त ठाउ उपयुक्त नभएको बताए ।
एक विगहा एक कट्ठा क्षेत्रफलमा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकार को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को ६५ प्रतिशत रकम र नगरपालिका को ३५ प्रतिशत रकम सहभागिताको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।
यस मा मूख्य रूपमा रामजानकी हनुमान मंदिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य गरिनेछ ।
यस कार्यको ठेक्का यसै मंसीर महिना १५ गते स्विकार भएर निर्माणका लागि ठेकदार कम्पनी सित सहमति भइसकेको नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए ।
शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पोखरीबाट जल भरेर शुरू भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाइं भगवानपुरमा निर्धारित मन्दिर परिसरमा सो शिलान्यास गरिएको हो ।
यसका लागि भारतको अयोध्याबाट राम जन्मभूमिको पवित्र माटो र सिताराम नामक ईटा समेत ल्याइएको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x