६ आश्विन २०८३, मंगलवार

ठमेल बजार चीनियाँको कब्जामा, नेपालीलाई चुनौती विस्थापित हुँदै नेपाली व्यवसायी

एसीपी संवाददाता

२ माघ २०७८, आईतवार ०६:५१ मा प्रकाशित

काठमाण्डौँको मुख्य पर्यटकिय र व्यवसायिक क्षेत्र ठमेल चीनियाँ नागरिकहरुको कब्जामा परेको छ । ठमेलको ठमेल मार्ग, अमित मार्गलगायत विदेशी पर्यटकको चहलपहल हुने बजार क्षेत्र अहिले चीनियाँ नागरिकको नियन्त्रणमा छ ।

ठमेल मार्ग, अमित मार्गका व्यवसायिक गल्लिहरु अहिले चिनियाँ भाषाका होर्डिङबोर्डले भरिएका छन् । ठमेलको त्रिदेवी मार्गदेखिका प्रत्येक घरमा एकदेखि तिनवटासम्म चीनियाँ भाषामा लेखिएका होर्डिङबोर्ड झुण्ड्याइएका भेटिन्छन् । यी क्षेत्रहरुमा झुण्ड्याइएका चीनियाँ भाषाका होर्डिङबोर्डले चीनको शहरको झझल्को दिने गरेको छ। कुनै समय नेपालीहरुको व्यवसायिक केन्द्रको रुपमा रहेको ठमेल क्षेत्रबाट अहिले नेपालीहरु नै विस्थापित हुनु पर्ने वाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

चीनियाँहरुले घरबेटीलाई नेपाली व्यवसायीहरुले दिन सक्नेभन्दा धेरै महंगो घर भाडाको प्रलोभनमा पारेर सम्झौता गर्ने गरेको ठमेलका होटेल प्लेजर होमका सञ्चालक रामचन्द्र गिरी बताउँछन् । शर्टरभाडा अग्रिम भुक्तानी गर्ने, महंगो भाडादिने प्रलोभन देखाएर सम्झौता गर्ने गरेको होटल व्यवसायी गिरीको भनाई छ ।

चीनियाँहरुले दिने महंगो भाडाका कारण नेपाली व्यवसायीहरुले ठमेलमा ठाउँ पाउनै छोडेको स्थानीय ब्यापारी पुकार लामाको भनाई छ । नेपालीले ५० हजारसम्म दिईरहेको घरको भाडा चीनियाहरुले दुई लाखसम्म तिरेर कब्जा गर्ने गरेका छन् ।

चीनियाँहरुले ठमेल क्षेत्रमा विभिन्न प्रयोजनाका लागि घर नै भाडामा लिएर बसेका छन् । होटेल, रेस्टुरा तथा व्यवसायिक प्रयोजनका लागि भनेर घर भाडामा सम्झौता गरेता पनि त्यहाँ अवैध कारोबार गर्ने गरेको आशंका भएको उनी बताउँछन् ।

व्यापारी मधुकर अर्चायका अनुसार एक समय चीनियाँ व्यापारिहरुका कारण ठमेलबाट नेपाली व्यपारी विस्थापित हुने अवस्था थियो । चीनियाँ व्यापारिहरुको आफनै इमपोर्ट, एक्सपोर्ट हुने, आफनै होसलेस, आफनै ग्राहक हुने र सामान पनि फरक–फरक पाइने भएकाले चीनियाँ व्यापारीहरुले एकछत्र राज गर्ने स्थिति छ ।

चीनियाँ नागरिकहरु भिजिट भिसामा नेपाल आउने र यहीँ लुकेर गैरकानुनी रुपमा व्यापार÷व्यवसाय गर्ने गरेको खुलेको छ । केही चीनियाले वैधानिक व्यपार÷व्यवसाय गरे पनि अधिकाशं चीनियाँले नेपालमा अवैधानिक व्यवसाय सञ्चालन गरिरहेका छन् । ६ महिनाको भिजिट भिसामा आएर उनिहरुले व्यापार गरिरहेको ठमेलका एक व्यापारि बताउँछन् । स्थानीयका अनुसार – ६ महिनाका लागि केही चीनियाँ नागरिक आउँछन, व्यापार÷व्यवसाय सञ्चालन गर्छन, फेरि ६ महिनापछि सोहि व्यवसायमा अर्को चीनियाँ नागरिक देखा पर्छ। यसरी अवैध ढंगले कारोबार गर्ने चीनियाँहरु प्रशस्तै छन ठमेलमा । कोरोनापछि भने ठमेलबाट केही चीनियाँ व्यापारीहरु विस्थापित भएका छन् ।

ठमेलका व्यापारीका अनुसार ठमेलमा चीनियाँहरुले ठगीका काम पनि गरिरहेका छन् ।  केही चीनियाँले भाडा नदिएरै सर्टर छोडेर भागेका छन्। उनीहरुले आफना सामान निकालेर शर्टर ताल्चा लगाएरै भागेको स्थानीयले जानकारी दिए। कोरोना संक्रमण सुरु भएपछि चीनियाँहरुले २ वर्षको भाडा नतिरी शर्टर छोडेरै भागेको वताईन्छ।

चीनियाँहरुको यस्तो प्रवृतिका कारण ठमेलमा सुरक्षा चुनौती समेत बढेको छ । चीनियाँहरुले उक्त क्षेत्रमा होटल व्यवसायको बोर्ड राखे पनि भित्र अन्य अवैधानिक काम गर्ने गरेको स्थानीयको भनाई छ।

पर्यटक वनेर आउने चीनियाँहरु समेत नेपालमा नियम मिच्न खोज्ने, कानुन नमान्ने तथा आफु खुसी गर्न खोज्ने गरेको पाईएको छ। सकेसम्म चीनियाँहरु कम रेटमा होटल बुकिङ गर्न खोज्दछन् । होटल ब्यवसायीहरुको अनुसार चीनियाँहरुले होटलको नियम समेत नमान्ने, जथाभावी गर्ने गर्दछन भने भारतिय पर्यटक होटलको नियम अनुसार बस्ने गरेका छन् । चीनियाँ भन्दा इण्डियन पर्यटक राम्रो भएको उनीहरु बताउँछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x