१३ मंसिर २०८३, शनिबार

बोल्दा बोल्दै फोन उठाउनु अपराध हो

एसीपी संवाददाता

३ माघ २०७८, सोमबार ०१:५९ मा प्रकाशित

काठमाडौं। प्रदेश नम्बर २ मा संसदमा बोल्दाबोल्दै बिचमै रोकिएर नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले फोन उठाएका छन् ।

प्रदेश सभा ऐन नीति निर्माण बन्ने र उसै पनि विशेष संवेदनशील स्थलमा यस्तो गतिविधि अनैतिक र अवैधानिक देखिएको छ ।

प्रदेश नम्बर २ प्रदेश सभाको प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को दफा १९ मा प्रदेशसभा सदस्यहरुले बैठकमा ११ वटा नियमहरूको पालना गर्नुपर्ने उल्लेख छ। दफा १९ को (झ) मा बैठक कक्षमा मोबाइल फोन र अन्य हलुका विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ ।

तर, आइतबार सांसद यादवले प्रदेशको नाम र स्थायी राजधानीको विषयमा बोल्नेबेला फोन आएपछि उनले फोन उठाएर केही शब्द बोलेका थिए ।

उनको यो गतिविधि देखेपछि अन्य सबै सांसदहरु खित्का छाडेर हाँसेका थिए । अहिले सांसद यादवको आलोचना हुन थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x