१३ आश्विन २०८३, मंगलवार

चिनको राजधानी बेईजिङमा ओमिक्रोन पुग्यो , सन्क्र्मित संख्या बढदै

एसीपी संवाददाता

३ माघ २०७८, सोमबार ०२:२२ मा प्रकाशित

 चीनको बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । ओमिक्रोनको नयाँ भेरिएन्ट फेला परेसंगै चीनको बेइजिङमा थप सतर्कता अपनाईएको छ ।

बेइजिङमा हिउँदे ओलम्पिक खेल आयोजना हुने पूर्व सन्ध्यामा ओमिक्रोन संक्रमित भेटिएपछि सो खेल पनि प्रभावित हुने आशंका गरिएको छ । आगामी ४ फेब्रुअरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।

कोभिडका कारण दक्षिणी सहर चुुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x