१३ मंसिर २०८३, शनिबार
उपमहानगरपालिकाका प्रमुख डा. राणाद्वारा नेपालगञ्जस्थित गुरुद्वारालाई तलबभत्ता सहयोग
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित गुरुद्वारालाई तलबभत्ता सहयोग गरेका छन् ।
नगर प्रमुखमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका नगर प्रमुख राणाले आज गुरुद्वारा पुगेर एक महिनाको तलब र भत्ता गरी चालिस हजार रुपैयाँ गुरुद्वारा समितिका अध्यक्ष राजेन्द्रसिंह सरदारलाई हस्तान्तरण गरे । सो अवसरमा नगर प्रमुख राणाले आफ्नो सुविधा सामाजिक संघ संस्थामार्फत् सामाजिक कार्यमा खर्च गरिरहेको बताए ।
उनले शिख समुदायको गुरुनानक जयन्ती लगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफू सकारात्मक रहेको बताए । शिख समुदायका अगुवा हरपाल सिंहले नेपालगञ्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि विकास निर्माणले गति लिएको बताए ।
Subscribe
Login
0 Comments


