२ आश्विन २०८३, शुक्रबार

कविता ” रुख

एसीपी संवाददाता

२० चैत्र २०७८, आईतवार १७:२७ मा प्रकाशित

ओम आचार्य 

कविता ” रुख
यौटा यौटा  विजहरुबाट
थुप्रै रुखहरु उम्रन्छ
र यसरी रुखहरुको जंगल वन्छ
 विज शक्तीशाली हुन्छ
बिज त चराहरुको पशुहरुको
पुरुषहरुको पनि हुन्छ
विज नष्टभयो भने सन्तुलन विग्रन्छ
सन्तुलन कायम राख्नैको लागी
विज रोपौ
रुख जोगाउ
 र रुख बडाऔं
हाम्रो विचार पनि विज हो
हाम्रो धर्म सिध्दान्त र निष्ठा पनि विज हो
विज सुरक्षित राखौं
विजमा कुनै किरा नलागोस
हाम्रो विजमा अरु बिज नमिसाउ
रुखको  विजमा अरु संक्रमित रोगी र  खोष्टा
विजको मिलनले
रुखको बिज विग्रन सक्छ
र त्यस्तो बिजबाट रुख उम्रन्दैन
रुखको जंगल वन्न सक्दैन
र हामीले खोजेको जस्तो छाहारी
हामिले खोजेको जस्तो सुरक्षा पाउदैनौं
रुख जीवन हो
यसैबाट हाम्रो जीवन
प्रस्फुटित र पल्लवित हुन्छ
रुख छ र जीवन छ
रुख बचाऔं
रुखको बिज घर घरमाबाडौं
र यौटा यौटा  विजले
विशाल रुखहरु वनाउ
र त्यसलाइ दरो संग अंगालो मारौं
परिवारलाइ अंगालो मारे जस्तै
रुखनै जीवन हो
जीवन नै रुख हो
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x