१२ आश्विन २०८३, सोमबार

चीनले अलपत्र पारेका विद्यार्थी भन्छन् – एमबीबीएस उहिले, इन्टर्नसिप कहिले ?

एसीपी संवाददाता

१८ जेष्ठ २०७९, बुधबार १३:१० मा प्रकाशित

काठमाडौं– कोरोना भाइरस कोभिड—१९ महामारीका बेला चीनबाट स्वदेश फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप पूरा गर्न नपाउँदा बिचल्लीमा परेका छन् ।

अध्ययन पूरा गर्न चीन फर्किने निश्चित नभएपछि एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न पाउनुपर्ने सरकारसँग माग गर्दै आन्दोलित बनेका छन् । तर, सरकारले विद्यार्थीको माग अहिलेसम्म सुनेको छैन ।

चीनमा एमबीबीएस पढेर नेपालमा रहेका विद्यार्थीहरूलाई इन्टर्नसिप गर्नका लागि चीनले नबोलाइरहेको अवस्थामा नेपाल सरकारसँग व्यवस्था गर्न माग गर्दै मंगलबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ । चीनले फिर्ता नबोलाउँदा र नेपाल सरकारले कतै इन्टर्नसिपको व्यवस्था नगरिदिँदा आफूहरूको भविष्य अलपत्रमा परेको भन्दै इन्टर्नसिपको व्यवस्था गर्न लामो समयदेखि संघर्षरत विद्यार्थीहरुलाई मंगलबार प्रहरीले हस्तक्षेप पक्राउ गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेटमा शान्तिपूर्वक आफ्ना मागहरू राख्न पुगेका विद्यार्थीहरूलाई प्रहरीले गाडीमा हालेर मालिगाउँस्थित चौकीमा पु¥याएको थियो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चिकित्सा आयोगका पदाधिकारीहरुको छलफलको कार्यक्रम रहेको थियो । सोही अवसरमा आफूहरूले शान्ति पूर्वक माग राख्दा सम्बोधन हुने अपेक्षा गरेका विद्यार्थीहरुलाई त्यहाँ पुगेर माग राख्न नपाउँदै महानगरीय प्रहरी वृत्त कमलपोखरी मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो । 

अहिले चिनमा अध्ययन गरेका २०१४ ब्याचका १५२ जना विद्यार्थी इन्टर्नसिपको लागि अन्योल परेका छन् भने चीनबाटै फर्किएका १५ औं ब्याचका विद्यार्थीहरूले पनि नेपालमै इन्टर्नसिपको माग गरेका छन् । नेपालमै इन्टर्नसिपको माग गर्दै नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग स्वास्थ्य तथा शिक्षा मन्त्रालय दिनहुँ धाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको विद्यार्थीहरूको गुनासो छ । 

संसदीय समितिको निर्देशन कार्यान्वयन भएन
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसिप गर्न नपाएका विद्यार्थीलाई इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन २०७८ असोजमै सरकारलाई निर्देशन दिएको थियो । समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई इन्टर्नसिपको लागि कूटनीतिक पहल गरेर चीन पठाउन वा नेपालमै इन्टर्नसिप गराउन निर्देशन दिएको थियो । 

चीनमा एमबीबीएस अध्ययन गरेका सन् २०१५ र सन् २०१६ ब्याचका विद्यार्थी कोरोना महामारीका कारण स्वदेश फर्किदा इन्टर्नसिप गर्न पाएका छैनन् । समिति सभापति जयपुरी घर्तीले भनिन्, ‘कूटनीतिक पहल गर्ने यता त हामी समाधान गर्न सक्छौँ भन्नुप¥यो । हुन्छ भने पठाउने र हुन्न भने निकास दिनुप¥यो नि । हजारौँ विद्यार्थी अलपत्र परिरहेका छन् । उनीहरूको भविष्य अन्धकार भइरहेको छ ।

मेडिकल काउन्सिलका अनुसार बर्सेनी ८ सयको हाराहारीमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि चीन जाने गरेका थिए । उनीहरुले त्यहाँ ३० लाख रुपैयाँ तिरेका थिए । तर २०७५ देखि लागू भएको चिकित्सा शिक्षा ऐनले विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि पनि एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने अनिवार्य गरेपछि भने चीन जाने विद्यार्थीको संख्यामा कमी आएको छ । 

सरकारले चीनसँग आवश्यक पहल गरेर यी विद्यार्थीलाई त्यही पठाउन सकिने जानकारहरू बताउँछन् । अन्यथा पढाइ पूरा नगरी यहीँ अवसर दिँदा भविष्यमा समस्या हुन सक्ने जानकारहरु बताउँछन् । क्यानाडानेपाल 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x