२ आश्विन २०८३, शुक्रबार

आफ्नै समयमा आउने र आफ्नै समयमा जाने ‘वतास’ नै मनसुन हो,

एसीपी संवाददाता

२७ जेष्ठ २०७९, शुक्रबार ०८:०५ मा प्रकाशित

मनसुन : ‘आकाशमुनि नमाज र भ्यागुताको बिहे’
‘तमाम रात नहाया था शहर बारिश में
वो रंग उतर ही गए जो उतरने वाले थे ।’
-जमाल एहसानी ।

बसन्त कुमार उपाध्यय

आफ्नै समयमा आउने र आफ्नै समयमा जाने ‘वतास’ नै मनसुन हो,हामी बसेको क्षेत्र उत्तरी गोलार्द्धमा छौं । सूर्य उत्तरायणको सीमा, कर्कटरेखा पुग्ने बेला (जून २१) सम्ममा एसियाली भूखण्ड निकै तात्नेगर्छ ।
पृथ्वीले सूर्यलाई घुम्ने प्रक्रियामा सूर्य उत्तरायणको चरमसीमा, कर्कटरेखा पुगेर २१ जूनपछि फेरि दक्षिणतिर फर्कन्छ।

मनशुनले मानिसलाई मात्रै होईन पुरै प्रकृतिलाई नयाँ जिवन दिन्छ । मनसुन शुरु हुनुभन्दा पहिलाको उखारमाउलो जेष्ठको गर्मि ईश्लाम धर्म मान्ने कतिपय मुस्लिम समुदायमा आकाशमुनि नमाज पढेर बर्षा होस भन्ने कामना गर्छन् ।

पूर्वी क्षेत्रमा बर्षा होस भनेर भ्यागुताको बिहे गराउने परम्परा
छ । पश्चिम तराईमा बस्ने महिलाहरु पहिरने कपडा फ्याँकेर बाँझो जमिन जोत्ने गर्छन । राजधानी उपत्यकामा मत्स्येन्द्रनाथको भोटो जात्रा चल्छ । डडेलधुरा र डोटीमा किसानहरू ‘घटालबाबा’को नाम लिन्छन ।

‘मनसुन’ मूल रुपमा अरबी भाषाको ‘मौसिम’ बाट आएको मानिन्छ । त्यसको अर्थ ‘वतासको बेला’ भन्ने बुझ्नु पर्छ । मौसम शब्द पनि ‘मौसिम’बाट बनेको बृहत नेपाली शब्दकोशमा उल्लेख छ। उसो त डच र पोर्चुगलका शब्दसँग पनि मनसुनलाई जोडेर हेरिन्छ ।

सरदर जुन १०मा शुरु हुने गर्छ नै । विश्व मौषम संगठनको नियम छ कि प्रत्येक १० बर्षमा विष्लेशन गरिनुपर्ने । मनसुन समान्यतया १सय५ दिनको अवधिहुन्छ ।
‘मनसुन’ सोमालियाबाट उत्तरपूर्वको बाटोबाट हिन्द महासागरहुँदै बंगालको खाडी भएर दक्षिणपूर्वी दिशाबाट भारतको केरल हुँदै नेपाल प्रवेश गर्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x