८ आश्विन २०८३, बिहीबार

कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा ठगी

एसीपी संवाददाता

२८ असार २०७९, मंगलवार १५:०० मा प्रकाशित

कोहलपुर १२ चप्परगौडी स्थित पुर्व-पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा ठगी ।

५.२ लिटर क्षमताको पेट्रोल ट्याङ्की रहेको स्कुटरमा फुल ट्याङ्की पेट्रोल हाल्दा ६.२७ तेल हालेको मेशिनमा देखाएको र पम्पवालाले पैसा पनि ६.२७ लिटरको माग गरेपछी घटना बाहिर आएको हो ।

उक्त पेट्रोल पम्पमा यस अघि पनि नापतौल तथा गुणस्तर क्षेत्रिय कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले चेकजाँचका क्रममा ठगी गर्ने उद्देश्यले मेशिन भित्र चिप्स जडान गरेर ठगी गरेको अवस्थामा फेलापारी कार्वाही गरेको थियो ।
१० लिटर पेट्रोल चेकजाँच गर्दा ५५० मिलिलिटर घटी देखिएपछि सो पम्प सिल गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x