कार्णाली विकास बैंक शाखा प्रमुख ओलीद्धारा जन्मोत्सवको अवसरमा शैक्षिक समाग्री वितरण
बर्दिया । कर्णाली विकास बैंक बाँसगढी बर्दियाका शाखा प्रमुख निर्मल ओलीद्धारा जन्मोत्सवको अवसरमा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । बैंक शाखा प्रमुख ओलीले बाँसगढी नगरपालिका वडा नं. मा रहेको जनप्रिय माध्यामि विद्यालयका अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई आफ्नो २९ औं जन्मोत्सवको अवसर पारेर ४० जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
विशेष गरेर जन्मदिनको अवसरमा धेरैले आफ्ना साथीहरु र परिवारसंग मिलेर आफ्नो जन्मदिन मनाउने गर्दछन् । तर कर्णाली विकास बैंक बाँसगढी बर्दियाका शाखा प्रमुख ओलीकोलागी भने ती सबै फजुल खर्च भएको बताउँछन् । उनको भनाई अनुसार फजुल खर्च गरेर जन्म दिन मनाउनुको साटो बरु त्यो फजुल खर्चलाई केही काम लाग्ने कुरामा सदुपयोग गर्नु नै उचित हुन्छ ।

बैंकर भएदेखि नै उनले आफ्नो जन्मोत्सव मनाएको बताउने ओलीले विगत ५ वर्षदखि नै विशेषगरी विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै उनीहरुलाई आवशकिय शैक्षिक सामाग्री वितरण गर्दै आएको बताए । आफ्नो जन्म दिनभन्दा अघि नै वर्षे बिदा भएको हुनाले विद्यार्थीहरुलाई दिने भनेर तयार पारेको शैक्षिक सामाग्रीलाई सोही विद्यालयका सहायक प्रध्यानाध्यापक बलराम भुजेललाई हस्तान्तरण गरेको बताए ।
वर्षे बिदा सकिए लगत्तै उक्त शैक्षिक सामाग्री वितरण गरिने सहायक प्रध्यानाध्यापक भुजेललाई उद्धिढ गर्दै बैंक शाखा प्रमुख ओलीले बताए । आफु २४ वर्षको हुँदादेखि नै आफ्नो जन्मोत्सवलाई सामाजिक सेवा समर्पित गरेको उनले बताए । उनी भन्छन्,‘पहिला पहिला जन्म दिन खासै मनाईदैनथ्यो । जबदेखि बैंकमा जागिर खाएँ तबदेखि नै सहकर्मी साथीहरुले मनाई दिन शुरु गरेपछि मैले मेरो जन्मदिनमा विशेष गरेर सेवाभावले शैक्षिक क्षेत्रमा थोरै भएपनि सहयोग गर्दै आई रहेको छु ।’


