३ कार्तिक २०८३, सोमबार

चीनले मुश्लिम समुदाय विरुद्ध मानवता विरोधी अपराध गरेको राष्ट्रसंघको आरोप

एसीपी संवाददाता

१६ भाद्र २०७९, बिहीबार २०:०४ मा प्रकाशित

एजेन्सी न्युज =  संयुक्त राष्ट्रसंघले चीनमाथि उइगुर मुश्लिम समुदाय विरुद्ध मानवता विराेधी अपराध गरेको आरोप लगाएको छ।

राष्ट्रसंघीय मानवअधिकार आयोगले चीनको सिञ्चियाङ प्रान्तका अल्पसंख्यक उइगुर मुश्लिम आदिबासी समुदाय विरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको आरोप लगाएको हो । राष्ट्रसंघको बहुप्रतिक्षित प्रतिवेदनमा उइगुर मुश्लिमहरुलाई बन्धक बनाउने र बिनाकारण कानूनी कारबाही गर्ने गरिएको जिकीर गरिएको छ ।

चिनियाँ सत्ताका ती कार्यहरू अन्तर्राष्ट्रिय अपराध र विशेषगरी मानवता विरुद्धको अपराध हुन सक्ने राष्ट्रसंघीय प्रतिवेदनको दलिल रहेको छ । त्यस्तै बेइजिङले उइगुर समुदायमाथि बाध्यकारी श्रम तथा नियन्त्रित प्रजनन लागू गरेर मानवअधिकार उल्लंघन गरेको तर्क पनि गरिएको छ ।

चीनले सार्वजनिक नगर्न आग्रह गर्दै आएको प्रतिवेदन राष्ट्रसंघीय मावनअधिकार मुख्य आयुक्त मिशेल बाचेलेटको कार्यकालको अन्तिम दिनको मध्यराति सार्वजनिक गरिएको हो । प्रतिवेदनमा मानवअधिकार उल्लंघनलाई बढवा दिने नीतिहरू संशोधन गर्न चीनलाई सुझाव दिइएको छ ।

चीनले भने पश्चिमा देशहरुको उक्साहटमा कथा बनाइएको प्रतिक्रिया दिएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x