३ कार्तिक २०८३, सोमबार

बाढीले सारापेको देश अहिले पाकिस्तान , तर नेता आतंक र कस्मिर बारे भासणमा ब्यस्त

एसीपी संवाददाता

१९ आश्विन २०७९, बुधबार ०९:२२ मा प्रकाशित

पाकिस्तानमा यस वर्षको बाढी–पहिरोमा परेर कम्तीमा पनि एक हजार सात सयजनाको ज्यान गएको छ।

मध्यजुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको छ । अधिकारीहरूका अनुसार यहाँ दशकौँपछि पहिलोपटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्‍याएको थियो।

यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार ६ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरू १२ हजार आठ सय ६५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि सो प्राधिकरणले जनाएको छ।

सो प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका ६ सय ३० जना रहेका छन्। त्यस्तै, अरू तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ।  तर यता पाकिस्तानी नेता रास्ट्र संघमा जम्मु कस्मिरको कुरा अनि आतंककारी रोक्ने वकालत गर्दै आएका छन । आफ्नो जनताकोपिडा बुझ्न नसक्ने यो पाकिस्तानी सरकार पनि बिगतका सरकार जस्तै हो जनताले बुझ्न थालेका छ्न ।

पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पुर्‍याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ।

त्यसैगरी यहाँका अधिकारीहरूले सिन्ध पछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन्। यी दुई प्रान्तमा मात्र ६ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x