१० कार्तिक २०८३, सोमबार

एमाले उम्मेदवारले साडि बाटेको भन्दै , महासेठलाई कारबाहीको निर्णय

एसीपी संवाददाता

२० कार्तिक २०७९, आईतवार ०८:३४ मा प्रकाशित

निर्वाचन आयोग मधेश प्रदेशले धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रघुवीर महासेठलाई कारबाहीका लागि सिफारिस गरिने भएको छ ।

महासेठले निर्वाचनको मुखमा मतदातालाई प्रभावित गर्न साडी बाँडेको भन्दै जनकपुर टुडेमा समाचार प्रकाशन भएपछि उनलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको छ । निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यको एमालेका उम्मेदवार महासेठ, प्रदेशसभा सदस्य ४ (क) का एमालेका उम्मेदवार सन्तोष यादव तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव उपस्थित भइ छठ पर्वको अवसरमा निर्वाचन आचारसंहिता विपरीत महिलाहरुलाई साडी बाँडेको सम्बन्धमा प्रकाशित भएका समाचार तथा सोको तस्विरसमेत प्राप्त भएकोले आवश्यक कारबाहीका लागि निर्वाचन आयोगमा पत्र पठाइएको जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । महासेठले गत कात्तिक १५ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ जमुनियामा मतदातालाई साडी वितरण गरेबापत नेकपा एमाले र आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन प्रचारप्रसारको महत्वपूर्ण अवधिमा जिल्लाभित्र रहेका विभिन्न सहकारी, गैर सरकारी संस्थालगायत अन्य संघसंस्थाहरुको साधारणसभा भइरहेको र सो सभाका नाममा आचारसंहिता विपरीतका विभिन्न गतिविधिहरु हुनसक्ने सम्भावना रहेको र सो कारणले निर्वाचनको सुरक्षासमेतमा असर पर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी हाललाई मंसिर ४ गतेसम्म त्यस्ता कार्यक्रमहरु स्थगन गर्न लगाउन सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x