३१ भाद्र २०८३, बुधबार

चलचित्र ‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय

एसीपी संवाददाता

१५ फाल्गुन २०७९, सोमबार ०८:५१ मा प्रकाशित

काठमाडौं । सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित चलचित्र ‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।

कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित चलचित्र आगामी असार १५ मा रिलिज हुने छ ।

यसअघि कार्तिक ६ र फागुन १९ को मितिबाट पछाडि हटेको चलचित्रले राष्ट्रिय धान दिवसलाई प्रदर्शन मिति तय गरेको हो ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको चलचित्रमा काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । निरज पाण्डेले सिनेमाको छायांकन गरेका हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् ।

प्राविधिक कार्य सम्पन्न नभएकाले चलचित्रको प्रदर्शन २०८० सालको लागि तय गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x