३१ भाद्र २०८३, बुधबार

सलमान खानलाई ज्यान मार्ने धम्की दिने पक्राउ

एसीपी संवाददाता

१५ चैत्र २०७९, बुधबार ०८:०० मा प्रकाशित

मुम्बई प्रहरीले बलिउड स्टार सलमान खानलाई धम्कीपूर्ण इमेल पठाएको आरोपमा राजस्थानको जोधपुरका २१ वर्षीय युवकलाई पक्राउ गरेको छ। ढाकड राम विष्णोई नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

आरोपीले पञ्जाबी गायक सिद्धु मुसेवालाका बुबालाई पनि धम्की दिएका थिए। सोही मुद्दाको अनुसन्धानमा संलग्न पञ्जाबको प्रहरी टोली पनि जोधपुरमा थियो।

मुम्बई प्रहरीले प्राविधिक सहायकमार्फत् ढाकडलाई ट्र्याक गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। उनीहरूले जोधपुर जिल्लाको लुनी गाउँमा रहेको इन्टरनेट प्रोटोकल ठेगानाबाट उनको ठेगाना पत्ता लगाए।

फिल्म अभिनेता सलमान खानलाई मार्ने धम्की दिने इमेल पठाएको आरोपमा बान्द्रा सर्कल मुम्बई सिटी पुलिस स्टेशनले आरोपी विरुद्ध मुद्दा दर्ता गरेको छ। यस सम्बन्धमा मुम्बईबाट एएसआई बजरंग जगतापको नेतृत्वमा आइतबार जोधपुर आएको थियो।

जोधपुरका आयुक्त रविदत्त गौरको निर्देशनमा एडीसीपी बोरानडा जयप्रकाश अटलको निगरानीमा लुनी प्रहरी चौकी (जोधपुर)बाट सहयोग उपलब्ध गराइएको डीसीपी पश्चिम गौरव यादवले बताए।

उनले पञ्जाबका गायक सिद्दु मूसेवालाका बुबालाई हालै जोधपुरका आरोपी धाकड राम विष्णोईले धम्की दिएको बताए। पञ्जाबको मानसा जिल्लाको सदर पुलिस स्टेशनको एक टोली आरोपीलाई पक्राउ गर्न शुक्रबार मार्च २४ मा जोधपुर आएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x