१० कार्तिक २०८३, सोमबार

रौतहट मा गोली लागेर एक जनाको मृत्यु

एसीपी संवाददाता

२ बैशाख २०८०, शनिबार १९:५२ मा प्रकाशित

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको उनले बताए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x