२८ कार्तिक २०८३, शुक्रबार

गुजरातलाई हराउँदै चेन्नई सुपर किङ्स बन्यो आईपीएल च्याम्पियन

एसीपी संवाददाता

१६ जेष्ठ २०८०, मंगलवार ११:२६ मा प्रकाशित

चेन्नई सुपर किंग्स आईपीएल टी–२० क्रिकेटको १६औँ संस्करणको च्याम्पियन बनेको छ । आज बिहान सम्पन्न भएको फाइनलमा साविक विजेता गुजरात टाइटान्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले जित हासिल गरेको हो ।

पहिलो दिन वर्षाले टस समेत हुन नसकेको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रिजर्भ डेमा पनि वर्षाले असर गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २१४ रन बनायो ।

साइ सुदर्शनले ४७ बलमा ९६ रन जोडे । त्यस्तै ऋद्धिमन साहाले ३९ बलमा ५४, शुबमन गिलले २० बलमा ३९ तथा कप्तान हार्दिक पाण्डेयाले १२ बलमा अविजित रहँदै २१ रन जोडे । मथिशा पथिरानाले २ विकेट लिए ।

जवाफमा ३ बल खेल्दा वर्षाले केही समय प्रभावित भएपछि १५ ओभरमा १७१ रनको नयाँ चुनौती पाएको चेन्नईले ५ विकेट गुमाएर पूरा गर्यो । रविन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गर्दै चेन्नईलाई जिताए ।

प्लेयर अफ द फाइनल देवोन कन्वेले २५ बलमा ४७, शिवम दुवेले २१ बलमा अविजित रहँदै ३२, अजिन्क्या रहानेले १३ बलमा २७, ऋतुराज गायकवाडले १६ बलमा २६, अम्बाति रायुडूले ८ बलमा १९ तथा रविन्द्र जडेजाले ६ बलमा अविजित रहँदै १५ रन जोडे । मोहित शर्माले ३ विकेट लिए ।

१० टोलीले सहभागीता जनाएको यो प्रतियोगितामा लिग चरणमा शीर्ष स्थानमा रहँदै गुजरात र दोस्रो स्थानमा रहँदै चेन्नईले पहिलो क्वालिफायर खेलेका थिए । उक्त खेल चेन्नईले जितेपछि गुजरातले दोस्रो क्वालिफायर खेल्दै मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुगेको थियो ।

लखनउ सुपर जाइन्टस तेस्रो तथा मुम्बई इन्डियन्स चौथो हुँदै प्लेअफमा पुगेका थिए । इलिमिनेटरमा मुम्बईले लखनउलाई हराएको थियो । दोस्रो क्वालिफायरमा मुम्बई गुजरातसँग पराजित भयो ।

१६औं संस्करणको समाप्तिसम्म चेन्नईले मुम्बईको बराबरी गरेको छ । दुवै टिमले अहिलेसम्म समान ५ उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटन्सले १–१ उपाधि जितेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x