चन्द्रयान–३ को चन्द्रमामा सफ्ट ल्याण्डिङका भारतमा देश भरी प्रार्थना
नईदिल्ली – चन्द्रयान–३ को चन्द्रमामा सफ्ट ल्याण्डिङका लागि काउन्टडाउन सुरु भएको छ । चन्द्रयान-३ जुलाई १४ मा भारतको श्रीहरिकोटा, आन्ध्र प्रदेशको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो र बुधबार (अगस्ट २३, २०२३) साँझ ६: मा पर्खिरहेका छौं। चन्द्रयान-३ ले चन्द्रमाको अध्ययन गर्न चन्द्रमामा १४ दिन (जुन एक चन्द्र दिन बराबर) बिताउनेछ। चन्द्रयान–२ असफल भएको चार वर्षपछि २०१९ मा चन्द्रयान–३ प्रक्षेपण गरिएको थियो । अघिल्लो मिसनका असफलताहरूलाई ध्यानमा राख्दै, यसमा विशेष परिवर्तनहरू गरियो र आज ISRO ले पूर्ण आत्मविश्वासका साथ आफ्नो सफल अवतरणको कुरा गरेको छ। पहिलो पटक कुनै देशले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्ने भएको छ । भारतले केहि दिन पहिले चन्द्रमामा पठाएको चन्द्रयान–३ बुधबार ६ बजेर ४ मिनेटमा भारतियमा चन्द्रमाको सतहमा सफल अवतरण गर्ने भारतिय आन्तरिक्ष संस्था ईसरोले संचार माध्यमलाई जनाएको छ ।
चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यानलाई अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको हो ।
यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान–३ सफल अतवरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ ।
अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।


