९ कार्तिक २०८३, आईतवार

एनडीसीको टोलीले भेट्यो प्रधानमन्त्रीसहित मन्त्रीहरू, प्रधानसेनापतिसँग सैन्य सहकार्यका विषयमा छलफल

एसीपी संवाददाता

१५ भाद्र २०८०, शुक्रबार ०८:४४ मा प्रकाशित

काठमाडौं : राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी)को एक टोलीले नेपाल भ्रमण गरेको छ। छिमेकी देश भारतसहित मित्रराष्ट्र जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डलले पाँच दिने नेपाल भ्रमण गरेको हो।

गत आइतबार एयर भाइस मार्शल मनीष कुमार गुप्ताको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेको थियो।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवं नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो। टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग छलफल गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडीसी विश्वकै प्रमुख प्रशिक्षण संस्थामध्येको एक हो। हालः सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन्।

सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले यस एनडीसीबाट प्रशिक्षण लिइसकेका छन्। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x