बिश्वकप क्रीकेट २०२३ मा – न्युजिल्यान्डले दियो भारतलाई २ सय ७४ रनको लक्ष्य
बिकास खडका – विश्वकप २०२३: न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै २ सय ७३ रन बनाएको छ । अब भारतीय टोलीलाई खेल जित्न २७४ रनको लक्ष्य छ। न्युजिल्याण्डका लागि ड्यारेल मिचेलले १२७ बलमा १३० रनको शतक खेलेका थिए । रचिन रविन्द्रले ८७ बलमा ७५ रन बनाए । ग्लेन फिलिप्सले २३ रन बनाए । उनी बाहेक अरु कुनै ब्याट्सम्यानले २० रनको अंक छुन सकेनन् । भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । बुमराह र सिराजले १–१ विकेट लिए ।
क्रिकेट विश्वकप २०२३ को शीर्ष दुई टोलीबीच भारतको हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियममा मैच भैइरहेको छ । विश्वकपमा दुवै टोलीले ४–४ खेल जितेका छन् । यस मैदानमा २०१६ मा भारत र न्युजिल्याण्ड पनि खेलेका थिए, जहाँ भारतले जित हात पारेको थियो । दुवै अहिले विश्वकपमा विजयी रथमा सवार छन् । यो खेल जित्ने टोलीले १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहनेछ र सेमिफाइनलको निकै नजिक हुनेछ।


