२८ कार्तिक २०८३, शुक्रबार

भारतको अपराजित यात्रा जारी , साउथ अफ्रिका २४३ रनले पराजित

बिकास खडका

१९ कार्तिक २०८०, आईतवार २२:२१ मा प्रकाशित<

बिकास खडका – बिश्व कप क्रीकेटमा आज भारतले साउथ अफ्रिकालाई पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा अफ्रिकी टोलीलाई ३२७ रनको लक्ष्य दिइएको थियो ।  जवाफमा पूरै टोली २७.१ ओभरमा ८३ रनमा सिमित भयो ।  अफ्रिकी टोलीका कुनै पनि ब्याट्सम्यानले २० रनको अंक छुन सकेनन् ।  भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए ।  मोहम्मद शामी र कुलदीप यादवले २–२ विकेट लिए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले ५ विकेट गुमाएर ३२६ रन बनाएको थियो ।  विराट कोहलीले आफ्नो ४९ औं एकदिवसीय शतक प्रहार गर्दै अविजित १०१ रन बनाए ।  जबकि श्रेयस अय्यरले ७७ रनको इनिङ खेले ।  दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जान्सेन, कागिसो रबाडा, केशव महाराज र तबरेज शम्सीले १–१ विकेट लिए । यो सङै भारतिय टिम सम्पूर्ण म्याच जित्तै पहिलो स्थान बनेको छ ।

विश्वकप क्रिकेटमा भारत र दक्षिण अफ्रिकाबीच हालसम्म ६ वटा खेल भएका छन् ।  यस अवधिमा दक्षिण अफ्रिका र भारतले ३–३ खेल जितेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x