२८ कार्तिक २०८३, शुक्रबार

न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत विश्वकपको फाइनलमा

एसीपी संवाददाता

२९ कार्तिक २०८०, बुधबार २३:११ मा प्रकाशित

बिश्व कप २०२३ को  सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारतीय टोली २०२३ ओडीआई विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।  भारतको यो ऐतिहासिक जितमा विराट कोहली, श्रेयस अय्यर र मोहम्मद शामीको महत्वपूर्ण योगदान रहेको थियो ।  कोहली र अय्यरले ब्याटिङमा शतक बनाए भने शमीले बलिङमा सात विकेट लिए ।  सन् २०१९ को विश्वकपको सेमिफाइनलमा भारतलाई न्युजिल्यान्डले हराएको थियो ।  यसरी भारतले चार वर्षअघि भोगेको हारको बदला लियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको टिम इन्डियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९७ रन बनाएको थियो ।  पहिलो इनिङ्सपछि टिम इन्डियाले सहजै खेल जित्ने देखिन्थ्यो तर लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले अन्तिमसम्म एक तर्फबाट जितको प्रयास गरेको थियो ।  न्युजिल्यान्डको आशालाई अन्तिमसम्म जीवित राख्न डेरिल मिचेलले महत्वपूर्ण योगदान दिएका थिए, जसले ११९ बलमा ९ चौका र ७ छक्काको मद्दतले १३४ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।  तर, उनको इनिङ्सले टोलीलाई मद्दत गर्न सकेन ।

पहिले ब्याटिङ गर्दै विराट कोहलीले भारतका लागि ११७ रनको सबैभन्दा ठूलो इनिङ खेले जुन उनको एकदिवसीय करियरको ५० औं शतक थियो।  यसबाहेक श्रेयस अय्यरले १०५ रन बनाए ।  शुभमन गिलले ८० रन बनाएर महत्वपूर्ण योगदान पुर्याए ।  हरेक पटक झैँ रोहित शर्माले राम्रो सुरुवात दिँदै २९ बलमा ४७ रनको शानदार इनिङ खेलेका थिए ।

३९८ रनको ठूलो लक्ष्य पछ्याएको न्युजिल्यान्डले सुरुमै २ विकेट गुमाएको थियो ।  तर, यसका बाबजुद पनि न्युजिल्यान्डले खेल पूर्णरुपमा भारतको नियन्त्रणमा रहेको महसुस हुन दिएन ।  छैटौं ओभरको पहिलो बलमा डेभोन कोनवे (१३) र आठौं ओभरको चौथो बलमा रचिन रविन्द्र (१३)लाई प्याभिलियनको बाटो देखाएका मोहम्मद सामीले किवी टोलीलाई सुरुवाती दुवै झटका दिएका थिए। ।

दुई विकेट चाँडै खसेपछि कप्तान केन विलियम्सन र डेरिल मिचेलले तेस्रो विकेटका लागि १४९ बलमा १८१ रनको साझेदारी गरे ।  यो बलियो साझेदारीलाई मोहम्मद शामीले ३३ औं ओभरको दोस्रो बलमा किवी कप्तान केन विलियम्सनको विकेट लिएर तोडेका थिए ।  विलियम्सनले ७३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६९ रनको इनिङ खेले ।  शमी यहीँ रोकिएन र ओभरको चौथो बलमा खाता नखोल्दै टम लाथमलाई प्याभिलियन पठाए ।

न्युजिल्यान्डले २२० रनमा चार विकेट गुमाएपछि भारतले फेरि एकपटक अग्रता लिएको थियो ।  तर पाँचौं विकेटका लागि ड्यारिल मिचेलले ग्लेन फिलिप्ससँग साझेदारी गर्न थालेपछि भारतीय टोलीको तनाव फेरि बढ्यो ।  फिलिप्स र मिचेलले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी (६१ बल) गरे, जसलाई जसप्रित बुमराहले ४३ औं ओभरमा फिलिप्सको विकेट लिएर तोडेर टोलीलाई जितको अनुभूति गराए ।  त्यसपछि ४४ औं ओभरमा कुलदीप यादवले मार्क च्याम्पम्यान (०२) लाई प्याभिलियन पठाए थिए । अस्ट्रेलिया र साउथ अफ्रिका बिच हुने सेमिफाइनलको बिजेता सङ भारतफाईनल  खेल्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x