बिश्व कप क्रीकेटको फाईनल हेर्न भारतिय प्रधानमन्त्री मोदीको जाने संभावना कति ?
विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई हराउँदै भारतीय टोली फाइनलमा प्रवेश गरेको छ । बिहीबार कोलकाताको इडेन गार्डेन मैदानमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
फाइनल खेल गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमको मैदानमा हुनेछ । स्रोतका अनुसार भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले फाईनल खेल हेर्न जाने संभावना राख्दै (अहमदाबाद) जान सक्छ्न ।
यसैबीच विश्वकप २०२३ अन्तिम चरणमा पुगेको छ । पहिलो सेमिफाइनल शीर्ष चारमध्ये दुई टोली भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएको छ । अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टोली आमनेसामने भएका छन् । यी मध्येको विजेता टोलीले भारतसँग फाइनल खेल्नेछ । शीर्ष दुई टोलीबीचको फाइनल खेलपछि मात्रै विश्व च्याम्पियनको टुंगो लाग्नेछ ।
सेमिफाइनल जितेकोमा भारतका प्रधानमन्त्रीले टोलीलाई बधाई दिएका छन्
सेमिफाइनल जितेकोमा बधाई दिँदै प्रधानमन्त्री मोदीले भारतले उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट शैलीमा फाइनलमा प्रवेश गरेको बताएका थिए । जितको लागि टीम इन्डियालाई बधाई। उनले लेखेका थिए, ‘आजको सेमिफाइनल खेल निकै विशेष छ । खेलाडीहरूले राम्रो प्रदर्शन गरे। शमीको बलिङबारे प्रधानमन्त्रीले लेखेका छन्, ‘यस खेल र पूरै प्रतियोगितामा शमीले अहिलेसम्म जसरी बलिङ गरेका छन् । उनलाई क्रिकेट प्रेमीहरूले पुस्तासम्म सम्झिरहनेछन्। ग्रेट गेम शमी ।


