२८ कार्तिक २०८३, शुक्रबार
बिश्व कप क्रीकेट २०२३ को बिजेता बन्यो अस्ट्रेलिया
२०२३ को विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको छ । ट्राभिस हेड र मार्नस लाबुस्चेन अष्ट्रेलियाको यो जितका नायक रहे । आजको फाईनल खेलमा २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४७ रनमा मात्रै तीन विकेट गुमाएको थियो । यसपछि हेडले १२० बलमा १३७ रन बनाएका थिए भने लाबुस्चेनले ५८ रनको अविजित इनिङ खेलेर आफ्नो टोलीलाई जित दिलाएका हुन । अष्ट्रेलिया छैटौं पटक विश्व च्याम्पियन बनेको छ । फाइनल खेलमा कुनै पनि भारतीय बलर प्रभावकारी देखिएनन् । तर, बुमराह र शमीले प्रारम्भिक ओभरमा भारतको आशा जगाए पनि त्यसपछि दुवै प्रभावहीन देखिए ।
Subscribe
Login
0 Comments


