१३ मंसिर २०८३, शनिबार

कोहलपुरमा प्रहरी संग तेल माग्ने पत्रकार को हो ?

एसीपी संवाददाता

४ मंसिर २०८०, सोमबार १५:४८ मा प्रकाशित

कोहलपुर : तेल माग्ने पत्रकारको नाम सार्वजनिक गर्न कोहलपुर क्षेत्रका पत्रकारले २४ घण्टे अल्टिमेटम दिएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरलाई उनीहरुले यस्तो अल्टिमेटम दिएका हुन् । 

ईलाका प्रहरी कार्यालय कोहलपुर मातहतका केही जुनियर प्रहरी अधिकृतले पत्रकारले तेल माग्छन यस्को ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने धारणा राखेका थिए । उक्त धारणासहितको भिडियो बाहिर आएपछि गलत पत्रकारको नाम सार्वजनिक गर्नुपर्ने उनीहरुले संयुक्त विज्ञप्तीमार्फत माग गरेका हुन् ।

ईलाका प्रहरी कार्यालयले भने सामान्य अनुभव आदान प्रदानमा भएका कुरालाई सामाचारका रुपमा सार्वजनिक भएपछि आश्चर्यमा परेको जनाएको छ । ईप्रका प्रमुख(डिएसपी) सुन्दर तिवारीले पत्रकारलाई लान्छना लाउने उद्धेश्यले यस्तो अभिब्यक्ति नआएको बताएका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x