१३ मंसिर २०८३, शनिबार

पीएसओ खोसिएपछि अमरेश सिंहको फण्डा: आक्रमण भएको झुटो दाबी, सभापति सिंह परिवारलाई बदनाम गराउने खेल

एसीपी संवाददाता

६ मंसिर २०८०, बुधबार १९:२६ मा प्रकाशित

काठमाडौं । सर्लाही ४ का स्वतन्त्र सांसद अमरेश कुमार सिंहले व्यक्तिगत सुरक्षा गार्ड खोसिएपछि नयाँ फण्डा सुरु गरेका छन् । राज्यसत्तामा पहुँचकै आधारमा सुरक्षा थ्रेट भनेर सांसदका रुपमा अमरेश सिंहले पीएसओ लिएका थिए र सुरक्षाकर्मीलाई घरायसी काममा समेत लगाउने गरेका थिए । एकातिर अमरेशले पीएसओ खोसिएपछि आफूमाथि आक्रमण भएको फण्डा सुरु गरेका छन् भने अर्कोतिर कांग्रेस सभापति सुरेन्द्र सिंहको परिवारमाथि प्रहार सुरु गरेका छन् ।

कांग्रेसको राजनीतिमा सुरेन्द्र सिंहसँग पराजित अमरेशले परिवारमाथि आक्रमण थालेका हुन् । जिल्ला सभापति सुरेन्द्र सिंहका कान्छा छोरा सुधीर कुमार सिंहले आफूलाई धम्क्याएको, हातपातको प्रयास गरेको, गाडी रोकेर भनेर अमरेशले फण्डा सुरु गरेका हुन् । तर त्यसको इभिडेन्स भने केही पनि दिएका छैनन् । बरु चुनावको बेलाको तस्बिर राखेर भ्रम सिर्जनाको प्रयास गरेका छन् । उनले आक्रमणको फण्डा निकालेर एक तिर दुई निशाना बनाएका छन् । एकातिर पीएसओ लिने र अर्कोतिर सिंह परिवारलाई बदनाम गराउने ।

तर यो हर्कतको कांग्रेस सर्लाही जिल्ला कार्यसमिति सदस्य विकाशकुमार ठाकुरले भण्डाफोर गरेका छन् । अमरेशले फेसबुकमा राखेको तस्बिर चुनावको बेलाको भएको र त्यो तस्बिरमा रहेको गाडीभित्र अमरेश नै रहेको ठाकुरले उल्लेख गरेका छन् । बाबुसँग नसकेपछि छोरालाई बदनाम गर्ने प्रयासमा अमरेश लागेको ठाकुरले बताए ।

यसअघि जिल्ला आउँदा जाँदा प्रहरीको अगुवा पछुवा दुरुपयोग गर्दै आएका अमरेशलाई यसपटक प्रशासनले त्यो सुविधा नदिएपछि उनले यो फण्डा गरेको र आफूलाई असुरक्षा भयो भनेर राज्यको सुरक्षाकर्मी प्रयोग गरेर गाउँमा सानसौकत देखाउने प्रयासका रुपमा यो हर्कत गरेको नेता ठाकुरले उल्लेख गरेका छन् । फण्डेबाज सांसद सिंहको भ्रममा नफस्न ठाकुरले आम जनसमुदायलाई अपिल समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x