१३ मंसिर २०८३, शनिबार
दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ
काठमाडौं । काठमाडौं प्रहरीले आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ ।
पक्राउ परेका स्वकीय सचिव थापालाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरी परिसरका अनुसार प्रहरीले थापा केएमसी अस्पतालबाट पक्राउ गरेको हो । प्रहरीले यसअघि सोमबार मात्रै गौशालाबाट प्रसाईंको आन्दोलनमा आएका सुनसरीका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जनालाई पक्राउ गरेको थियो ।
सोमबार पक्राउ परेका श्रीनिवाससहित १४ जना र आज पक्राउ परेका थापा गरी १५ जना पुगेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
Subscribe
Login
0 Comments


