१३ मंसिर २०८३, शनिबार

नक्कली नोट सहित एक जना पक्राउ

एसीपी संवाददाता

१३ मंसिर २०८०, बुधबार १५:२९ मा प्रकाशित

काठमाडौँ — नक्कली नोट लिएर कारोबार गरेको आरोपमा धादिङको गजुरी गाउँपालिका-४ का सन्तोष चेपाङ पक्राउ परेका छन् ।उनलाई एक हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली नोटसहित गएराति प्रहरीले काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट नियन्त्रणमा लिएको हो ।  गजुरी गाउँपालिका-४ घर भएका चेपाङ हाल शंखमुलमै बस्दै आएका थिए । मंगलबार शंखमुलमा रहेको खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x