१३ मंसिर २०८३, शनिबार
उच्च अदालतमा भुटानी शरणार्थी प्रकरणको सुनुवाई सकियो, आज निर्णय आउन सक्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि शुरू भएको सुनुवाई सकिएको छ ।
न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाई सकिएको र आज निर्णय हुन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाई सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो ।
Subscribe
Login
0 Comments


