हँडिया बाबा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
रिसभ सिंह वाडिया नेपालगन्ज = नेपालग्न्जमा रहेको श्री १००८ हँडिया बाबा मेलामा सहभागी रहेका साधु सन्त, भक्तजन तथा सर्वसाधारण लाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
आज आयोजना गरिएको नि : शुल्क स्वास्थ्य शिविरमा स्थानीय ब्याक्ती र साधु सन्तहरु माहत्मा जि हरु को स्वास्थ्य चेक जांच गरिएको हो । गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशन नेपालगंज-८ बाँकेको
सहकार्य नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा-६, नेपालगन्ज र ब्रिनोज स्वास्थ्य स्यहार केन्द्र फुल्टेक्रा-५, नेपालगन्जले गरेका हुन ।
निशुल्क शिविरमा आँखा र कानको चेक जांच गरिएको आश्रमका सचिब बेचनलाल गुप्ता भन्नू भयो ।
शिविरमा ३ सय देखि ४ जनाले उपचार बारे सल्लाह लिएका छ्न । श्री हँडिया बाबा मन्दिर परिसर, फुल्टेक्रा-६, नेपालगंज
विहान १० बजे देखि आयोजना गरिएको थियो । समितिका तर्फ बाट अध्यक्ष नन्दलाल वैश्य , उपाध्यक्ष बिजय शम्सेर राणा , सचिव बेचनलाल गुप्ता , कोषाध्यक्ष अजय कुमार श्रीवास्तव लगाएत ब्याक्तीहरुको उपस्थित रहेकोे थियोे । तस्बिर सतीश चन्द मिश्रा


