१३ मंसिर २०८३, शनिबार
वर्मा (कुर्मी) सहयोगी हातको आयोजनामा ६० जनाले गरे रक्तदान
बाँके । वर्मा कुर्मी सहयोगी हातले नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ उक्त संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका सदस्यहरु र (कुर्मी) समाजले सहयोगी भूमिका निभाएका छन् ।
दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको उक्त संस्थाले नेपालगञ्जको फुल्टेक्रा स्थित फत्तेबाल आँखा अस्पतालको प्रांगणमा आज पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६० जना रक्तदाताहरुले आज रक्तदान गरेका कार्यक्रम संयोजक धर्मराज वर्माले बताए ।
Subscribe
Login
0 Comments


