१३ मंसिर २०८३, शनिबार
ब्राह्मण समाज नेपालगन्जको अध्यक्षमा आचार्य
रबिन्द्र घिमिरे, नेपालगन्ज । ब्राह्मण समाज नेपाल नेपालगन्ज उपमहानगरपालिका नगर कार्यसमितिको दोस्रो महाधिवेशन आज सम्पन्न भएको छ ।
महाधिवेशनबाट शालिकराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको छ । पदाधिकारी र सदस्यहरु समेत निर्विरोध चयन भएका छन् ।
उपाध्यक्षमा मदनराज शर्मा, सचिव चेतनारायण शर्मा, कोषाध्यक्ष अनन्तप्रसाद कँडेल र सहसचिव कल्पना रेग्मी घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरुमा ठाकुरप्रसाद शर्मा, जगत कोइराला, गिता आचार्य, मानकुमारी शर्मा, प्रदिप प्याकुरेल र डिल्लीराम पौडेल निर्विराध निर्वाचित भएको सहसचिव कल्पना रेग्मी घिमिरेले जानकारी दिइन्
Subscribe
Login
0 Comments


