१३ मंसिर २०८३, शनिबार
नेपालगन्जमा हडिया बाबाको भब्य शोभायात्रा
रिसब सिंह वाडिया – नेपालगन्मा आज आइतबार श्री १००८ हडिया बाबा आश्रम मन्दिर बाट शोभायात्रा निकालिएको छ । दिउँसो १२ बजे शुरु भएको शोभा हडिया बाबाा आश्रम बाट शुरु भई बागेश्वरी मन्दिर पुगेको थियोे । शोभायात्रामा साधुसन्त ,सनातन धर्म प्रेमी ,नेपाल रास्ट्र प्रेमीहरुको उल्लेखनीय सहयोग रहेको थियोे । बिगत ३ दिन जारी रहेको मेलामा श्रीराम जन्म कथा मिरा लिला गरेर धार्मिक महत्त्व बोकेका क्रमशः हरिशचन्द्र नाटक र लठ मार होली तथा १८ गते धनुष यज्ञको आयोजना हुने आयोजकले जनाएको छ । यस आश्रम हडिया बाबाको पुजापाठ मागेको भाकल प्राप्त हुने गरेको जन बिश्वास रहेको मेला समितिका संयोजक बृजेशबहादुर सिंहले बताए । मेलाको अन्तिमदिन सम्म लगभग १ हजार बाबाजि हरुले सहभागी जनाउने अनुमान छ । तस्बिर – सतिश मिश्र

Subscribe
Login
0 Comments


