प्रधानमन्त्री स्वदेश फिर्ता , मन्त्रीपरिषद तत्काल पुनर्गठन हुदैन
प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप-२८) मा सहभागी भई स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी गएका थिए ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने सन्चारकमर्मिलाई स्पष्ट पारेका छन् । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’
आफ्नो युएई भ्रमण अभूतपूर्व सफल भएको भन्दै उनले नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरे ।


