१३ मंसिर २०८३, शनिबार

दुईतीन दिनभित्रै लुम्बिनी सरकार विस्तारको तयारीमा मुख्यमन्त्री चौधरी

एसीपी संवाददाता

२० मंसिर २०८०, बुधबार ०८:१८ मा प्रकाशित

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेको प्रेस सल्लाहकार गोपाल भट्टराईले बताएका छन् । उनले दुईतीन दिनभित्रै मन्त्री थपिने जनाए ।

दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर नेपाली कांग्रेसले मन्त्रालय विभाजन गर्दा प्रदेशप्रति नकारात्मक सन्देश जाने भन्दै हाल कायम मन्त्रालय अनुसार नै सरकार विस्तार गर्न सुझाव दिएको छ । सोही अनुसार अब कांग्रेसले २ र माओवादीले एक मन्त्रालय थप पाउने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x