१३ मंसिर २०८३, शनिबार

प्रचण्ड पुगे गङ्गालाल, नारायणकाजीको उपचारमा कमि हुन नदिन आग्रह

एसीपी संवाददाता

२० मंसिर २०८०, बुधबार ०९:४६ मा प्रकाशित

काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् ।

छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठ गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका छन् ।

चीन भ्रमणका क्रममा उनलाई हृदयाघात भएको थियो ।

प्रचण्डले नारायणकाजीको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

नारायणकाजीलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला हृदयाघात भएपछि नारायणकाजीलाई त्यहाँ उनको उपचार गरिएको थियो । हाम्राकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x