१३ मंसिर २०८३, शनिबार

बांकेमा सिमा स्तम्भहरुको आजबाट मर्मत संभार कार्य शुरु

एसीपी संवाददाता

२० मंसिर २०८०, बुधबार १६:१५ मा प्रकाशित

रिसब सिंह बाडिया , नेपालगन्ज बाके =  बांके जिल्ला अन्तर्गत नेपाल पक्षले निर्माण,मर्मत संभार तथा पुनःस्थापन गर्नु पर्ने ७१ वटा बिजोर नंवरका सिमा स्तम्भहरुको आजबाट मर्मत संभार कार्य शुरु गरेको छ । आजको कार्यक्रममा बाकेका जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल ,  सशस्त्र प्रहरी बलका एसपी  , जिल्ला प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा  नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट को उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाही भारतका सीमा सुरक्षा बल भारतको ४२ औँ बटालियनका डेपुटी कमान्डेन्ट अनिल यादव र नापी विभागका प्रतिनिधि पवनकुमार खत्री लगायतले रंगरोगनको काम सुरु गर्नुभएको हो। सो अवसरमा जनप्रतिनिधि र नेपाल र भारतका सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो।

यस अघि नापी बिभागबाट मर्मत संभारको कार्य हुने गरेकोमा २०७७/४/१९ को क्याबिनेटको निर्णय अनुसार सो जिम्मेवारी शसस्त्र प्रहरी बल तर्फ सरेको हो ।  शसस्त्र प्रहरी बलको जिम्मेवारी क्षेत्रमा आए पछि नेपाल भरिमा नै सशस्त्र प्रहरी बलबाट पहिलो पल्ट मर्मत संभारको काम शुरु भएको हो ।
यसै अनुरुप बांके जिल्लामा नेपाल तर्फ बाट मर्मत संभार गर्नु पर्ने ७१ वटा पिलरको मर्मत कार्यको आज एक समारोहका बिच  कार्य शुरु भएको जनाएका छ्न ।

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x