१३ मंसिर २०८३, शनिबार

वर्तमान सरकार छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : अध्यक्ष ओली

एसीपी संवाददाता

२० मंसिर २०८०, बुधबार २२:०७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन् ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा आज रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे । राष्ट्रिय हितको रक्षा, स्वाधीनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने बताए ।

अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाई थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x