१३ मंसिर २०८३, शनिबार

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार १०:३५ मा प्रकाशित

बिहीबार रातिको फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ लुकाएर ल्याएको बिस्कुट आकारका सात थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो । उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ परेका दवै जनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर लगिएको छ । उनीहरूलाई आज विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराएर थप अनुसन्धान गरिने भन्सार प्रमुख पाण्डेले बताउनु भयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x