१३ मंसिर २०८३, शनिबार
सर्वोच्चका ६ प्रस्तावित न्यायाधीशको सुनुवाइ समितिले आज निर्णय सुनाउँदै
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरुको आज संसदीय सुनुवाइ समिति आज निर्णय सुनाउँदैछ ।
गत शुक्रबारबाट सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका उनीहरुको नाम अनुमोदनका लागि आज बस्ने बैठकले निर्णय गर्न लागेको हो ।
सर्वोच्चको न्यायाधीशमा न्याय परिषदले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको हो ।
उनीहरुको आज बिहान ११ बजे बस्ने बैठकले नाम अनुमोदन गरेमा राष्ट्रपतिले न्यायाधीशहरुलाई सपथ गराउने छन् ।
Subscribe
Login
0 Comments


