१३ मंसिर २०८३, शनिबार

एमाले नेता गैरेको घरमा क्रान्तिकारीको कालो ब्यानर

एसीपी संवाददाता

५ पुष २०८०, बिहीबार १४:५६ मा प्रकाशित

जनसेवा मावि सुनवल–६ मा विद्यालयको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा गैरेले दर्ता गरी बिक्री गरेकोले उनलाई सामाजिक बहिष्कार गर्न आव्हान सहित बुधवार क्रान्तिकारीले सुनवल–१ सोमनाथस्थित उनको घरको गेटमा चेतावनीस्वरुप कालो ब्यानर राखेको हो ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी संगठनले गैरेको घरको गेटमा राखेको कालोब्यानरमा गैरेलाई विभिन्न ३ वटा अभियोग लगाइएको छ ।

भूमाफिया थाप्रसाद गैरेलाई सामाजिक बहिष्कार किन ? शिर्षकको ब्यानरमा गैरेले सार्वजनिक सम्पति कब्जा गर्नुका साथै तत्कालिन अवस्थामा गाविस अध्यक्ष र विभिन्न संघसंस्थामा हुँदा पदको दुरुपयोग गरेको, नैतिक रुपमा समेत पतन भएको उल्लेख छ ।
साथै, हडपेको जग्गा तत्काल फिर्ता नगरे र आचरणमा सुधार नगरे जनकारवाही गर्ने क्रान्तिकारीले चेतावनी समेत दिएको छ ।

अखिल क्रान्तिकारीले हाल नवलपरासीमा प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान संचालन गरिरेहको छ । क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक बारुदले भ्रष्टहरुलाई कारवाही गर्ने अभियानको उदेश्य रहेको उल्लेख गर्दै गैरेको घरमा संगठनले कालाब्यानर टाँगेको पुष्टि गरे ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस काण्डमा छानबिन गरी कारबाही प्रकृया अघि बढाउन सुनवल नगरपालिकालाई पत्राचार समेत गरेको थियो । गैरे नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य एंव प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं २ ‘क’बाट एमालेबाट पराजित भएका थिए ।

विद्यालयको नाउँमा साविक सुनवल गाविस–६ ‘ख’ को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको थियो । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त जग्गा गैरेकी श्रीमती लिलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत कार्यालयको श्रेस्तामा देखिएको थियो ।
तत्कालीन समय वि.स.२०४९ देखि २०५९ सम्म १० वर्षसम्म थानप्रसाद सुनवल गाविसका अध्यक्ष रहेका थिए भने २०५३ देखि २०५८ सम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x