धर्मबारे गरेको टिप्पणी आपत्तिजनक हो भन्दै राप्रपाका सांसद धवलशमशेर राणाले माफी माग्ने दिए सुझाव
काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई धर्मबारे दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले माफीको माग्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार मन्त्री किराती पनि उपस्थित रहेका छन् । बैठकमा सांसद राणाले मन्त्री किरातीले धर्मको सम्बन्धमा बुधबार एक कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई लिएर माफी माग्न माग गरेका हुन् ।
‘हिजो मन्त्रीले गम्भीर कुरा उठाउनुभयो । क्रिश्चियनकाे विरोध गरेमा हत्कडी लगाउनुपर्छ भनेको छ । जबर्जस्ती धर्म परिवर्तनको विरोध गरेको हो क्रिश्चियन धर्मको विरोध गरेको होइन,’ सांसद राणाले भने, ‘तपाईंजस्तो पदमा बसेको मन्त्रीले क्रिश्चियनको विरोध गरेकोमा जेल जानुपर्छ भनेको कुरा गलत हो । द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो । सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला ।’
मन्त्री किरातीकाे अभिव्यक्तिले समाजमा धार्मिक द्वन्द्व फैलाउने राणाको भनाइ थियाे । त्यसरी द्वन्द्व फैलिएमा त्यसको जिम्मेवार सरकार र मन्त्री किराती हुनुपर्ने राणाकाे भनाइ छ ।ईकान्तिपुर


