२८ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ः सेमिफाईनलमा भिड्दै यी खेलाडी

एसीपी संवाददाता

१३ माघ २०८०, शनिबार १३:२७ मा प्रकाशित

नेपालगन्ज १३ माघः बाँकेको नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको सेमिफाईनल खेल सुरु भएकोछ ।
शुक्रबार सम्पन्न क्वाटर फाईनलबाट छनोट भएका विभिन्न ५ विधाका खेलाडीहरु यतिबेला सेमिफाइनलमा प्रतिस्प्रर्धा गरिरहेका छन् । शनिबार विहान ९ बजेदेखि सुरु भएको सेमिफाईनल खेल अन्र्तगत विभिन्न विधाका १० खेल हुनेछन् ।
पुरुष युगल(बी लेभल) तर्फ सरद खड्का र अनुपम न्यौपानेको जोडीले राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीसँग प्रतिस्प्रर्धा गरिरहनु भएकोछ । भने भरत चन्द र दिनेश थापामगरको जोडीले चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडीले प्रतिस्प्रर्धा गरिरहनु भएकोछ । यसैगरी पुरुष एकलतर्फ प्रिन्स दाहाल र जीवन आचार्य प्रतिस्प्रर्धा गरिरहनु भएकोछ ।
नेपालगन्ज रंगशालास्थित कर्वड हलको तीन वटा कोर्टमा एकैपटक जारी खेलमा सेमिफाईनलका लागि महिला एकलतर्फ नेपाल आर्मीकी रसिला मर्हजन र नेपाल प्रहरीकी नीता लम्सालबीच प्रतिस्प्रर्धा हुनेछ । यस्तै कैलालीकी एलिना सुनार र एपिएफकी शोभा गौचनबीच प्रतिस्प्रर्धा हुनेछ । भने पुरुष एकलतर्फ अमन मर्हजन र कविर केसीबीच प्रतिस्प्रर्धा हुने मुख्य रेफ्री किरण करञ्जितले बताउनुभयो ।
मुख्य रेफ्री किरणका अनुसार पुरुष युगलतर्फ प्रिन्स दहाल र बिजित थापामगरको जोडीले अमन महर्जजन र रोशन साउदको जोडीसँग प्रतिस्प्रर्धा गर्नुहुनेछ । यस्तै पुरुष युगलतर्फ नै क्षितिज खनाल र देवराज रानाको जोडीले जिवन आचार्य र विष्णु कटवालसँग प्रतिस्प्रर्धा गर्नुहुनेछ । 
पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ हरि खत्री र राजकुमार पोखरेलको जोडीले अरुण गौतम र अभयलाल श्रेष्ठको जोडीले प्रतिस्प्रर्धा गर्नुहुनेछ । मुख्य रेफ्री किरणका अनुसार सेमिफाईनल खेल लगतै फाईनल खेल खेलाइनेछ ।
नकआउट आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।
यसअघि शुक्रबार सम्पन्न खेलहरुमा पुरुष एकलतर्फ एपिएफका प्रिन्स दहालले एपिएफकै क्षितिज खनाललाई २१–१६,२१–१२ ले तथा नेपाल प्रहरीका जिवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई ९–२१, २१–१८,२१–१५ ले तथा नेपाल आर्मीका कविर केसीले नेपाल प्रहरीका विष्णु कटवाललाई २१–१६, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
यस्तै महिला एकलतर्फ नेपाल आर्मीकी रशिला महर्जनले सेन्ट थोमस बाँकेकी कृपा शाक्यलाई २१–३,२१–४ ले तथा नेपाल प्रहरीकी नीता लम्सालले बाँकेकी एसी श्रेष्ठलाई २१–६, २१–५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी कैलालीकी एलिना सुनारले नेपाल प्रहरीकी सुष्मा श्रेष्ठलाई २१–८, २१–१८ ले तथा एपिएफकी शोभा गौचनले सुर्खेतकी निशा सिंहलाई २१–७, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
यसैगरी, पुरुष युगल(बी लेभल) तर्फ धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडिले दाङका कमल चन्द र विशाल सुवेदीको जोडिलाई २१–१०,२१–१४ ले तथा नेपाल प्रहरीका चक्रबहादुर डम्बर पाल र अविक श्रेष्ठको जोडिले टिकापुरका सुरज वैदार र राजन शेरचनको टोलीलाई २१–१२, २१–१२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडीले सुर्खेतका हिमाल लामा र दुर्गा रानालाई २१–१४, २१–१४ ले तथा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले अर्जुन बुढामगर र पदम चन्दको जोडीलाई २१–१०, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले नेपाल प्रहरीका दिपक बोहरा र अविक श्रेष्ठको जोडीलाई २१–१८,२१–१७ ले तथा एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले नेपाल प्रहरीका गौरव दाहाल र पूर्णबहादुर थापाको जोडीलाई २१–१२, २१–१७ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले कविर केसी र अनिल मल्लको जोडीलाई २१–१५, २१–१४ ले तथा नेपाल प्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडीले राजु थापा र सुजन थापाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
पुरुष युगल (भेट्रान्स ४५ प्लस) बाँकेका अभयलाल श्रेष्ठ र अरुण गौतमको जोडीले बर्दियाका गोविन्द क्षेत्री र प्रनेश ढकालको जोडीलाई २१–१६,२१–१८ ले तथा बाँकेका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले सुरेश बम र रामप्रसाद भुषालको जोडीलाई २१–१३, २१–८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी स्टारलाईटका हरि खत्री र राजकुमार पोखरेलको जोडीले कैलालीका भोजराज भट्ट र नरेन्द्र चन्दको जोडीलाई २१–१६, २१–१७ ले तथा बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडीले सुर्खेतका केशर ओसी र दुर्गा रानाको जोडीलाई २१–१६, १८–२१, २१–१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको समापन समारोह शनिबार(आज) दिउँसो ३ बजे हुनेछ भने प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहनुभएकोछ ।
प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।
प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउनेछन् ।
महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउँनेछन् ।
यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x