३१ जेष्ठ २०८१, बिहीबार

जग्गा प्रकरणमा नेकपा नेतालाइ उन्मुक्ति अन्यलाई फसाउने विरुद्ध शुक्रबार काङ्ग्रेसको बिरोध प्रदर्शन

एसीपी संवाददाता

२३ माघ २०७६, बिहीबार १६:०७ मा प्रकाशित

माघ २४  गते । नेपाली काङ्ग्रेसले बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक बदनियत र प्रतिशोधपुर्ण मुद्दा लगाउने निर्णयको विरुद्धमा  शुक्रबार बिरोध प्रदर्शन गर्ने जनाएको छ । नेपाली काङ्ग्रेसका सम्पुर्ण भातृ एवं शुभेच्छुक सस्थाहरुको आयोजनामा तथा नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको सयोजनमा बिरोध प्रदर्शन गर्ने श्रोतले जनाएको छ । केन्द्रिय समितिले बालुवाटारको सरकारी जग्गा प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहितका विरुद्ध राजनीतिक पूर्वाग्रही भएर मुद्धा दर्ता गराएको भन्दै प्रदर्सन गर्ने बताएको छ । यसै बिच बिहीवार नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्मा र अर्का युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्नो ट्वीटर मार्फत गच्छदारलाई मात्रै मुद्धा चलाइएकोमा आक्रोश पोखेका हुन् ।
उनीहरूले गच्छदारलाई मुद्धा चलाइएको प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बालुवाटारको आठ आना जग्गा छोराको नाममा राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई उन्मुक्ति दिएकोमा आक्रोश पोखेका थिए भने  शुक्रबार आन्दोलन गर्ने नेपाली काङ्ग्रेसले जनाएको छ । नेपाली काङ्ग्रेस अवद्द शुभेच्छुक सस्थाका नेता तथा कार्यकर्ताहरु सरकारको निर्णयको समाजिक संजालमा व्यापक बिरोध जनाएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x