९ माघ २०८२, बिहीबार

पूर्व महानिरीक्षक खनाल तथा सत्तारुढ दल नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरी लिन अस्वीकार

एसीपी संवाददाता

१४ बैशाख २०७७, आईतवार १३:१४ मा प्रकाशित

प्रहरीले पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ ।आफ्ना सांसद सुरेन्द्र यादव गरेको भन्दै जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेको समाजवादी पार्टीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली दर्ता नभएपछि फर्किएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले मुद्दा दर्ता गर्न नसकिने भन्दै ‘जहाँ जानु छ जानुस्’ भन्दै जाहेरी लिन अस्वीकार गरेका थिए। ज्ञवाली आइतबार मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हाल्न पुगेका थिए।टेकुस्थित प्रहरी परिसर पुगेका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोका अनुसार एसएसपी ज्ञवालीले ‘जहाँ जानु छ जानु, म यो कसुरमा जाहेरी दर्ता गर्न सक्तिनँ’ भनेका थिए। एसएसपी ज्ञवाली टेकु पुग्नुअगावै जाहरी दिन नेताहरु पुगेका थिए। त्यसको ३ घण्टापछि ज्ञवाली कार्यालय पुगेका थिए।त्यसअघि ज्ञवाली गृह मन्त्रालय गएका थिए।यसैबीच जाहेरी दर्ता नभएपछि नेताहरु टेकुबाट बाहिरिएका छन्। जनता समाजवादी पार्टीका ने राजेन्द्र महतोले सत्ता र शक्तिको आडमा प्रहरीले जाहेरी लिन नमानेको प्रतिक्रिया दिए। ‘कानुनी राज सकिएको यसले पुष्टि गर्छ, हामी सडकबाटै अपराधमा संलग्न विरुद्ध उत्रिन्छौं,’ उनले भने, ‘मु द्दर्ता गरेर सत्यतथ्य पत्ता लगाउ भन्दा किन प्रहरीले टेर्दैन? यही हो कानुनी राज? यही हो अपराध विरुद्धको शून्य शहनशीलता?’ महतोले आरोपितलाई जोगाउन माथिबाटै दबाब आएर जाहेरी नलिएको आरोप लगाए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x