१२ मंसिर २०८०, मंगलवार
मानवताका लागि निशुल्क शिविर सन्चालन

बब्लु शेख / माघ १८ गते शनिबार । नेपालगन्जका युवा मानवतावादिहरुको एक सस्थाले आज नेपालगन्जमा निशुल्क भोजन/आहार उपलब्ध गराएको छ । जनहितका लागि समाजिक कार्य गर्ने र साधारण नागरिक बिद्यार्थी व अन्य मानिसहरुका लागि पौष्टिक अहारको बारेमा निशुल्क शिविर सन्चालन गरि परामर्श दिएको अध्यक्ष जमालुदिन अन्सारीले बताउनु भयो । खाद्य सुरक्षा पोषणका बारेमा सचेत गराउने साथै नाजुक स्थितीमारहेका , बिपत्तिमा परेकालाई जिविकालाई पुनः स्थापित गराउने भन्दै मानव सहयोगी हेल्पिङ हुयमन नेपालगन्ज बाके सस्थाले निशुल्क भोजन / अहार कार्यक्रम गरेको छ ।
नेपालगन्ज सुर्खेत रोड बिपि नजिकै कुशुम पेट्रोल पम्पको सामुन्ने आज निशुल्क भोजन अहार वितरण गरिएको छ ।
मानव सहयोगीका सचिब बिपिन गुप्ताले जानकारी दिनु भएको र आगामी दिनहरूमा थप कार्यक्रम गर्ने सद्सस्य जुबेर निजामले बताउनु भयो ।





Thanks for News.