१७ मंसिर २०८०, आईतवार

नेपालगन्जमा स्ट्रिट वर्कआउट कम्पिटिसन

एसीपी संवाददाता

१८ माघ २०७६, शनिबार ११:४९ मा प्रकाशित

नेपालगञ्ज,माघ १८ । नेपालगञ्जमा स्ट्रिट वर्कआउट कम्पिटिसन भित्रिएको छ । निश्चित ठाउँमा सम्पूर्णखालका शारिरिक अभ्यासका लागि यसलाई उपयोगी मानिन्छ । शनिबार नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ धम्बोझीमा पहिलो पटक स्ट्रिट वर्कआउट प्रतियोगिता सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा सदस्य डम्बर थापा, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही लगायतको उपस्थितीमा धम्बोझीमा स्ट्रिट आउट प्रतियोगिता सम्पन्न भएको हो ।
यस खेलमा दौडसहित विभिन्नखाले प्रतिष्पर्धा गराएको आयोजक नेपालगञ्ज युथ फिटनेशका अध्यक्ष तिलक शाहीले जानकारी दिनुभयो । यसखालका प्रतियोगिता बालकदेखि प्रौढसम्मका लागि उपयोगी भएको भन्दै वडा अध्यक्ष रिजालले यसलाई निरन्तरता दिन आयोजकलाई आग्रह गर्नुभयो । विभिन्न विधामा समावेश खेलकुद सबैभन्दा छिटो सम्पन्न गर्नेलाई यसमा विजेता मानिन्छ । यसैगरी सोही कार्यक्रममा वडा अध्यक्ष रिजाल र क्लवका अध्यक्ष खड्काले क्रिकेट खेलाडीका लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गर्नुका साथै प्रमाण पत्र वितरण गर्नु भएको थियो । तस्बिर : बब्लु शेख

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x