अगुवा महिला तथा अभियन्ताहरु लाई नेतृत्व बिकास सम्बन्धि ३ दिने तालिम सम्पन्न ।
टेवा, ललितपुरको सहयोगमा तथा नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा संचालित “महिला हिंसा बिरुद्ध समुदायलाई क्षमता अभिबृद्धी” कार्यक्रम अन्तरगत यो तालिम सम्पन्न भयो । तालिममा राजनितीमा महिलाहरुको पहुंच अर्थपुर्ण सहभागिता महिलाहरु को नेतृत्वमा पहुंच अवस्था र चुनौतीहरु बारेमा प्रशिक्षण दिईयो । महिलाहरु को किन समावेशी रुपमा प्रतिधित्व हुन नसकिरहेको महिलाहरु को नेतृत्वमा पहुंच नहुनुका कारणहरु का बारेमा छलफल अन्तरक्रिया भयो ।
तालिममा नेपालगंज उपमहा नगरपालिकाका बरिष्ठ महिला बिकास अधिकृत पबित्रा कुमारी पुरी तथा मोहम्मद शेर बागवानले प्रशिक्षक रहि प्रशिक्षण दिनु भएको छ । ३५ जना सहभागीहरु रहेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका महिला सवाल टिम लिडर दुर्गा लखेर ले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य राष्ट्रिय महिला अधिकार मञ्च बाँके का अध्यक्ष सकिना शाहले गर्नु भएको छ । तालिममा बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका कोहलपुर नगरपालिका डुडुवा गांउपालिका तथा जानकी गांउपालिकाबाट अगुवा महिलाहरु, अभियन्ताहरु तथा स्थानिय ग्रामिण महिला अधिकारकर्मीहरु को सहभागीता रहेको थियो ।
एक्काईसौं सताब्दीमा पनि महिलाहरु को नेतृत्व समाज तथा पुरुषत्व सोंच हाबी भएका जमातहरु द्धारा स्वीकार्यतामा चुनौतीहरु रहेको छ महिला जनप्रतिनिधिहरु लाई वडा कार्यालय वा सम्बन्धित निकायमा भेटन जांदा भेट हुंदैन तर ति महिला जनप्रतिनिधिहरु को सट्टामा महिला जनप्रतिनिधिहरु का श्रीमान संग भेट हुन्छ महिला जनप्रतिनिधिहरु खै सोध्दा घरमा हुनु हुन्छ काम छ भन्ने जस्ता कुराहरु सुनिन्छन यस्तै अन्य ठांउहरु मा पनि महिला नेतृत्वस्तरमा पाउन नै गाह्रो छ यदि कथम कदाचित पाईहालियो भने महिलाको नेतृत्व समाज सजिलै स्वीकार्य गर्दैन । समावेशिता कागजमा र नामको मात्र समावेशिता रहेको अवस्था तथा चुनौतीहरु रहेको धारणा सहभागिहरु बाट ब्यक्त गरियो ।


