असंवेदनशिल्ता , दबाव–प्रभाव , अनिश्पक्षता तथा अन्यायका बिरुद्ध !
नेपालगन्ज महिला अधिकार मञ्च,बाँकेले विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको छ ।आन्दोलनको नेतृत्व जिल्लाकी अध्यक्ष सकिना शाह ले गर्ने आजको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मञ्चले आन्दोलनको क्रममा आफ्नो आवश्यक्ता अनुसार आन्दोलनको स्वरुप परिवर्तन गरिने बताएको हो । नेपालगन्जमा भएका विभिन्न घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकार सम्मेलनको आयोजना भएको हो ।
मञ्चले जारी गरेको प्रेज बिज्ञप्ति
आदरणिय पत्रकार मित्रहरु
नमस्कार !
उपरोक्त सम्बन्धमा लैङ्गक्तामा आधारित हिंसाका बिरुद्धमा न्यायका लागी महिलाहरु घाम पानी नजिक टांढा दुरी समेत नहेरी सम्बन्धित निकायमा भौतारी रहेका छन । महिला माथि हुने हिंसाहरु दिन दिनै मिडियामा आई रहेका छन । संबिधानले अधिकार दिएपनि तर सम्बन्धित निकायको हलुका कार्यान्वयन र महिलाको सवाललाई प्राथमिक्ता नदिएकै कारण महिलाहरु झन झन हिंसाको सिकार भईरहेका. अवस्था बिद्यमान छ ।
पछिल्लो समयमा भएका तपशिलका घटनाले महिलाका सवालमा बाँके जिल्लाका एस.पी कति असंवेदनशिल छन कति गैरजिम्मेवार छन कति दबाव र प्रभावमा परि महिलाका सवालमा अनिश्पक्षता छ प्रस्ट देखाउछ ।
घटनाहरु
१.शिक्षकद्धारा नाबालिक बालिका तथा महिलालाई अभद्र ब्यवहारमा एस.पी अंगुर जि.सि द्धारा असंवेदनशिलता । पक्षपात तथा दबाव र प्रभावमा एकलौटी रुपमा मुद्दा दर्ता ।
२.जलाएर मारिएकी महिला सृजना बुढा मगरको यौन पेशामा आबद्धता रहेको भनि ए.पी अंगुर जि.सि द्धारा मरणोपरान्त चरित्र हत्या । आन्दोलन पछि मात्र जाहेरी दर्ता ।
३.टंगपसरी की गुडिया कहार हत्या केसमा पिडितले चार जना माथि दिएको ज्यान सम्बन्धिको कसुरमा जाहेरी दर्ता नगरि मात्र एक जना सासु माथि ए.पी अंगुर जि.सिद्धार दुरुत्साहन जाहेरी दर्ता गरेको ।
४.ब्यक्ति बेपत्ताको जाहेरी करिब २ महिनामा दर्ता भएको तर मान्छे समातिएन ।
५.नाबालक ६ बर्षिय बालक दिपेश चमारको स्कुल र बिद्यालय ब्यवस्थापनको लापरवाही तथा कम्जोरीले बुग्गी गाडाले कुल्चिएर मृत्यु तर ए.पी अंगुर जि.सिद्धारा प्रिन्सिपल, बि.ब्य.स. अध्यक्ष र बुग्गी गाडा चालक २ जना मध्ये १ जना माथि जाहेरी दर्ता भयो । ३ जनालाई दबाव प्रभावमा परि बचाउने कार्य ए.पी अंगुर जि.सिद्धारा भयो ।
६.निर्मला कुर्मीको घटनामा अनुसंधानका प्रहरी तथा पदाधिकारीलाई गृह मन्त्रालयले पठाएकोमा ए.पी अंगुर जि.सिद्धारा दबाव प्रभावमा अनुसांधान टिम माथि केरकार , सरुवा ।
यि र यस्ता अन्याय स्वयम बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुखद्धारा भएको हुंदा यि महिला प्रतिको असंवेदनशिल्ता , अन्याय कुनै पनि अवस्थामा स्वीकार्य नहुने हुंदा तपशिलको माँग पुरा नहुंदा सम्म हामी पिडित महिला तथा महिला अधिकार कर्मीहरु अनिश्चितकालिन धर्नामा बस्छौ र समयमा हाम्रो माँग पुरा भएन भने आवश्यक्ता अनुसार हाम्रो आन्दोलनको स्वरुप परिवर्तन गर्छौ यसमा सबैको साथ र सहयोगका लागी हार्दिक अनुरोध गर्दछु ।
हाम्रा मांग
१.बाँके जिल्लाका एस.पी अंगुर जि.सीलाई तत्काल कार्यवाही गरियोस ।
२.बहुमुखि क्याम्पसका शिक्षक नारायण शर्मालाई तुरुन्त कार्यबाही
सकिना शाह
बांके अध्यक्ष
नोटः-जब सम्म यि माँगहरु पुरा हुदैनन हाम्रो आन्दोलन प्रत्येक दिन निरन्तर अनिश्चतकालिन रुपमा जिल्ला प्रशासन कार्यालयका अगाडी दई घण्टा धर्ना जारी रहन्छ र यस आन्दोलनको नेतृत्व महिला अधिकार मञ्च,बाँके जिल्लाकी अध्यक्ष सकिना शाह ले गर्ने र आवश्यक्ता अनुसार आन्दोलनको स्वरुप परिवर्तन गरिने ब्यहोरा जानकारीका लागी अनुरोध छ।




